अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लिगचरणको अन्तिम खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले म्यानमारसँग खेल्दैछ । एक खेलअगाबै नै दुवै टोली फाइनल पुगिसकेको कारण नेपालले बेन्चका खेलाडीलाई मौका दिएको हो ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित गोलकिपर तथा कप्तान अञ्चिला तुम्बाप्पो सुब्बा, फरवार्ड रेखा पौडेल र मिडिफिल्डर विमला चौधरीलाई बाहिर राखेका छन् ।
अञ्जनाले गोलकिपर तथा नियमित कप्तान अन्जिला तुम्बाप्पो सुब्बालाई प्रतिस्थापन गर्दा सरुले अट्याकिङ मिडफिल्डर विमला चौधरी र रश्मीकुमारीले फवार्ड रेखा पौडेलको स्थान लिएका हुन् ।
नेपाली टोलीको कप्तानी भने रेनुका नगरकोटेले गर्नेछिन् । नेपाल र म्यानमारबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
