दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ८ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनल खेलमा वडा नम्बर ३ लाई २-० गोलले हराउँदै वडा नम्बर ८ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

वडा नम्बर ८ लाई जित दिलाउन दुबै गोल सन्तोष चौधरीले गरे । खेलको म्यान अफ दि म्याच पनि सन्तोष नै घोषित भए । उनले पुरस्कार बापत नगद नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत आइतबार हुने चौथो तथा अन्तिम क्वाटरफाइनल खेल वडा नम्बर १ र वडा नम्बर ७ बीच हुनेछ ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन १५ गते हुनेछ ।
