दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप फुटबल प्रतियोगितामा वडा नम्बर ३ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको तेस्रो प्रि-क्वाटरफाइनल खेलमा वडा नम्बर २ लाई १-० गोलले स्तब्ध बनाउँदै वडा नम्बर ३ ले अन्तिम आठमा स्थान बनाएको हो ।

वडा नम्बर ३ को जितमा सुशान्त चौधरीले निर्णायक गोल गरे । उनले दोस्रो हाफको ३७औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच वडा नम्बर ३ का गोलरक्षक पर्बत राजभर घोषित भए । उनले पुरस्कार बापत नगद नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत बुधबार वडा नम्बर ७ र वडा नम्बर ६ बीच चौथो प्रि-क्वाटरफाइनल खेल हुनेछ ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १५ गतेका दिन हुनेछ ।
