दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर १० सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहिवार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा वडा नम्बर ४ लाई ३-० गोलले हराउँदै वडा नम्बर १० प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको म्यान अफ दि म्याच वडा नम्बर १० का प्रल्हाद कुमार घोषित भए । उनले पुरस्कार बापत नगद नगद २ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत शुक्रबार वडा नम्बर ११ र वडा नम्बर ५ बीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन १५ गते हुनेछ ।
