इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा टोटेनहम हट्सपरले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा टोटेनहमले १-० को जित दर्ता गरेको हो । टोटेनहमको जितमा मिडफिल्डर जेम्स म्याडीसनले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो ।

उनले खेलको १३औं मिनेटमा गोलरक्षक आन्द्रे ओनानाले लुकास बर्ग्वलको प्रहार बचाउने क्रममा फर्काएको बललाई गोलमा परिणत गरेका थिए ।

जितसँगै टोटेनहम अंक तालिकाको १२औं स्थानमा उक्लिएको छ । टोटेनहमको २५ खेलमा ३० अंक रहेको छ । पराजित युनाइटेड भने समान २५ खेलमा २९ अंकका साथ १५औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *