नेपाल सुपर लिग (एनएसएल) क्लब लुम्बिनी फुटबल क्लबले आफ्नो मुख्य प्रशिक्षकका रूपमा पुष्पलाल शर्मालाई नियुक्त गरेको छ ।

बुटवलले एनएसएलको तेस्रो संस्करणमा टोलीको प्रशिक्षण जिम्मेवारी शर्मालाई सुम्पिएको जानकारी दियो । एएफसी प्रो लाइसेन्स प्राप्त शर्मा यसअघि भुटानको पारो एफसीका प्रमुख प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए ।

प्रशिक्षक शर्माको आगमनले टोलीलाई अझ संगठित, प्रतिस्पर्धात्मक, रणनीतिक रूपमा सबल बनाउनुका साथै युवा खेलाडीको प्रतिभा पहिचान, प्रशिक्षण संरचना सुधार,तथा खेलाडीको दीर्घकालीन उन्नतीमा सहयो पुर्याउने अपेक्षा बुटवलको छ ।

बुटवल लुम्बिनी फुटबल क्लबले आगामी सिजनका लागि महत्वपूर्ण खेलाडी अनुबन्धन पनि गरिसकेको छ । नेपाली राष्ट्रिय टोलीका स्टार मिडफिल्डर मनीष डाँगीलाई ‘मार्की प्लेयर’ का रूपमा अनुबन्ध गरेको बुटवल लुम्बिनीले अरिक बिस्ट, निराजन धामी र सरोज तामाङलाई रिटेन गरिसकेको छ ।

एनएसएलको तेस्रो सिजनको लागि अक्सन यही फागुन १० गते शनिवार हुँदैछ । त्यसअघि सहभागि टिमहरुले खेलाडी रिटेन गर्ने, मार्की प्लेअर घोषणा गर्ने र प्रशिक्षक नियुक्त गर्ने क्रम जारी छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलको तेस्रो संस्करण चैत १६ देखि सुरु हुने तालिका छ । तेस्रो संस्करणमा ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *