मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औं आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार पोखरा रंगशालामा भएको दोश्रो प्रि-क्वाटरफाइनल खेलमा एपीएफ क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै मच्छिन्द्र अन्तिम आठमा प्रवेश गरेको हो ।
मच्छिन्द्र जितमा आदित्य शाक्य र स्टेफन कामाहाले गोल गरे । दुवै गोल खेलको दोश्रो हाफमा भएको हो ।
खेलको ७४औं मिनेटमा आदित्यले गोल गर्दै मच्छिन्द्र सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८२औँ मिनेटमा स्टेफन कामाहाले गोल गर्दै मच्छिन्द्रलाई २-० को जित दिलाए ।
मच्छिन्द्रले अब सेमिफाइनल प्रवेशका लागि थ्री स्टार क्लबको सामना गर्नेछ । हारसँगै एपीएफ भने आहा रारा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।
प्रतियोगिताको बिहिबार हुने तेस्रो प्रि-क्वाटरफाइनलमा चर्च ब्वाइज क्लब र एनआरटीबीच प्रतिष्पर्धा हुनेछ । उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।
