इङ्लिस प्रिमियर लिगमा आर्सनल घरेलु मैदानमै वेस्टह्याम युनाइटेडसँग पराजित भएको छ ।

शनिबार राती भएको खेलमा वेस्टह्यामले आर्सनललाई १-० गोलले पराजित गरेको हो ।

वेस्टह्यामलाई जित दिलाउन जारोड बोवेनले निर्णायक गोल गरे । उनले खेलको ४४औं मिनेटमा गोल गरेका थिए । 

माइल्स लुइस-स्केलीले ७३औं मिनेटमा रातो कार्ड बेहोर्दै मैदान छाडेपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । 

हारसँगै आर्सनलले शीर्षस्थानको लिभरपुलसँग अंक दूरी घटाउने अवसर गुमाएको छ । दोस्रो स्थानको आर्सनलको २६ खेलमा ५३ अंक‌ छ। यो लिभरपुलको भन्दा आठ अंक कम हो ।

यता जित हात पारेको वेस्टह्याम समान खेलबाट ३० अंकका साथ १६औं स्थानमा छ ।

लिगअन्तर्गत शनिबारै सम्पन्न अन्य खेलमा उल्भरह्याम्पटनले बर्नमाउथलाई १-०,  टोटनहमले इप्सविच टाउनलाई ४-१, ब्राइटनले साउथह्याम्पटनलाई ४-०, क्रिस्टल प्यालेसले फुलहमलाई २-० तथा  एस्टन भिल्लाले चेल्सीलाई २-१ ले पराजित गरे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *