अफगानिस्तानका १८ वर्षीय दायाँ हाते स्पिनर अल्लाह गजान्फरले च्याम्पियन्स ट्रफी र आइपिएल गुमाउने भएका छन् ।

अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले बुधवसर बिहान ट्वीट गर्दै गजान्फरको बारेमा जानकारी दिएको हो । अफगानिस्तानको जिम्बाब्वे भ्रमणका क्रममा गजान्फर घाइते भएका र उनी कम्तीमा ४ महिना मैदानबाहिर रहने बताइएको छ ।

च्याम्पियन्स ट्रफीका साथै उनले मार्च २१ देखि मे २५ सम्म हुने आइपिएलबाट पनि गुमाउने छन् । गजान्फरलाई केही समय अघि भएको अक्सनमा मुम्बई इन्डियन्सले भित्राएको थियो । हालसम्म उनले ११ ओडिआई खेलमा २१ विकेट लिएका छन् ।

यसैबिच अफगानिस्तानले च्याम्पियन्स ट्रफीका लागि टिम घोषणा गरेको छ । वैकल्पिक सुचीमा रहेका स्पिनर नांगेयालिया खारोटेले गजान्फरको स्थान लिएका छन् । एसिबीले बुधवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तानको टोली

हशमतुल्लाह शाहिदी (कप्तान), इब्राहिम जद्रान, इकराम अलीखिल, रहमानुल्लाह गुर्बाज, सेदीकुल्लाह अटल, रहमत शाह (उपकप्तान), अजमतुल्लाह उमरजाई, गुलबदीन नैब, मोहम्मद नबी, राशिद खान, फरीह अहमद, फजलहक फारूकी, नांगियालिया खारोटे, नवीद जादरान, नुर अहमद

Leave a Reply

Your email address will not be published. Required fields are marked *