नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड रेखा पौडेल अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा सहभागी हुन काठमाडौं आइपुगेकी छिन् । प्रतियोगिता फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रंगशालामा आयोजना हुँदैछ ।
रेखा पौडेलको आगमनले नेपाली टिमलाई थप बलियो बनाउने विश्वास गरिएको छ । उनी राष्ट्रिय टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् र यस प्रतियोगितामा पनि महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । उनी अबुधावी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छिन् ।
नेपालसहित विभिन्न अन्तर्राष्ट्रिय टिमहरू सहभागी हुने यस च्याम्पियनसिपले नेपाली महिला फुटबलको विकासमा ठूलो योगदान दिने अपेक्षा गरिएको छ ।
यसअघि नेपाली टिमकी कप्तान एन्जिला पनि युरोपबाट फर्किएकी थिइन् । अब सावित्रा भण्डारी साम्बा सोमबार काठमाडौं फर्किने छिन् । सोमबारदेखि सुरुहुने प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानले प्रतिस्पर्धा गर्दै छन् । विदेशी टिमहरु पनि नेपाल आइसकेका छन् ।
