काठमाडौं । खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको ३३ औं संस्करणमा सहभागी हुन ३० खेलाडीसहित ३२ सदस्यीय नेपाली कराते टोली बुधबार भारतको कोलकाता प्रस्थान गरेको छ।

जनवरी ४ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा अमन राई, संयोग राई, सन्जिव वाइबा, सफल मगर, बादल लामा, सविर पोखरेल, अनिश विक, प्रदीप राई, सन्देश खड्का, गौतम भण्डारी, रिकेश बोहरा, विवेक गुरुङ, सुमित धिमाल, अविरल राई, मनीष वाइबा, अशोक भट्टराई, विनोद चौधरी, जाग्रिती थापा, सायाना न्यौपाने, अब्रिस्ति महर्जन, नयना मानन्धर, सन्जना भुजेल, प्रविका मानन्धर, गुन्जन थापा, सुवेक्षा विक, युनिशा भुजेल, जस्मिना खड्का, नविना स्याङ्तान, करिष्मा मानन्धर र काजल राईले प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा नेपाल सातोकान कराते संघका महासचिव श्याम शेर्पा र प्रशिक्षकमा कृष्णकुमार मानन्धर छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्‌का सदस्य-सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच बुधबारै बिदाई गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *