लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ ।

पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका-२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो ।

परेवाडाँडाको खड्‌कागाउँमा रहेको आहाले खेल मैदानमा गरिएको सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका-७ तार्कुटारका कुमराज परियारको गोरु प्रथम भएको छ । यस्तै सुन्दरबजार-२ परेवाडाँडाका प्रकाश पन्तको गोरु दोस्रो तथा भानु नगरपालिका-१० दुधेकुनाका विष्णु रावलको गोरु तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम हुने गोरुधनीलाई रु १५ हजार, दोस्रो हुने गोरुधनीलाई रु १० हजार र तृतीय हुने गोरुधनीलाई रु पाँच हजार पुरस्कार वितरण गरिएको आयोजक देवभूमि युवा क्लबका अध्यक्ष महेश परियारले जानकारी दिए ।

लमजुङको परेवाडाँडामा विगत केही वर्षदेखि निरन्तररुपमा पुस १५ को अवसरमा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिँदै आएको छ । सुन्दरबजार नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यमा भएको उक्त प्रतियोगितामा लमजुङ र तनहुँका गरी २० गोरुलाई सहभागी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *