इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको नापोलीलाई पछ्याइरहेको इन्टर मिलानले इम्पोलीविरुद्ध ३-१ को सहज जित दर्ता गरेको छ ।

आइतबार राति इन्टरको घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन लौटारो मार्टिनेज, डेन्जल डम्फ्रिज र मार्कस थुरमले गोल गरे ।

इम्पोलीका लागि सेबास्टियानो एस्पोसिटोले गोल फर्काए । खेलको चारै गोल दोस्रो हाफमा भएका थिए ।

खेलको ५५औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ७९औं मिनेटमा डम्फ्रिजले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

चार मिनेटपछि एस्पोसिटोले गोल गर्दा खेल २-१ को स्थितीमा आयो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा थुरमले गोल गरेपछि इन्टरले ३-१ को जित पक्का गरेको हो ।

जितसँगै २० खेलमा ४७ अंक जोडेको इन्टर दोस्रो स्थानमा छ । २१ खेलबाट ५० अंक जोडेको नापोली शीर्ष स्थानमा छ । पराजित इम्पोली २१ खेलबाट २० अंकका साथ १४औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *