पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको किर्तिमानी उपाधि उचालेको छ ।
कतारको दोहास्थित रंगशाला ९७४ मा भएको फाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोनाकोलाई १-० ले पराजित गर्दै किर्तिमानी १३औं पटक उपाधि जितेको हो ।
पिएसजीको जितमा ओस्माने डेम्बेलेले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको पिएसजीले दोस्रो हाफमा गोल गर्न सफल भयो । डेम्बेलेले दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा फाबियन रुइजको बायाँबाट आएको लो क्रसमा गोल गरेका थिए ।
जितसँगै पिएसजीले लगातार तेस्रो तथा समग्रमा सार्वधिक १३औं पटक फ्रेन्च सुपर कप उपाधि जितेको हो । लियोनले आठ पटक उपाधि जितेको छ ।
