बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा रियल बेटिसलाई ५–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना क्वारटर फाइनलमा प्रवेश गरेको हो ।
खेल सुरु भएको तेस्रो मिनेटमै गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए । खेलको २७औं मिनेटमा जुल्स कौण्डेले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
केही मिनेटपछि रफिन्हाले बार्सिलोनाका लागि तेस्रो गोल गरे । त्यस्तै, ६७ औं मिनेटमा ओल्मोको पासमा फेरान टोरेस टोरेसले गोल थप्दा स्पेनिस महारथी टोली ४–० को फराकिलो अग्रतासहित अघि बढ्यो ।
लामिन यामालले ७५ औं मिनेटमा बार्सिलोनाका लागि पाँचौ गोल गरे । भिक्टर रोकले बेटिसका लागि शान्त्वना गोल फर्काए । उनले खेलको ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।
यस्तै, बार्सिलोनासहित भ्यालेन्सिया, लेगानेज, गेटाफे र एटलेटिको म्याड्रिड कोपा डेल रेको क्वाटरफाइनलमा पुगेका छन् ।
