पेरिस सेन्ट जर्मन (पिएसजी) कोपा डे फ्रान्स फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधवार राति भएको खेलमा इसप्ले सेन्ट मर्केललाई ४–२ ले पराजित गर्दै पिएसजीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

मर्केलको घरेलु मैदानमा पिएसजीलाई जित दिलाउन वारेन जैरे इमिरे, डिजायर डौए, ब्राड्ले बार्कोला र गोन्जालो रामोसले समान एक-एक गोल गरे । मर्केलका लागि केभिस जिजेसी र म्याक्सिन्सी फोर्नेलले समान एक-एक गोल गरे ।

खेल सुरु भएको तेस्रो मिनेटमै जिजेसीको गोलमार्फत् मर्केलले अग्रता लिएको थियो । तर, ३७ औं मिनेटमा पिएसजीका इमिरेले गोल गर्दै खेल बराबरी गरे ।

६७औं मिनेटमा डौएले गोल गर्दै पिएसजीलाई  २-१ को अग्रता दिलाए । तर, ७१औं मिनेटमा फोर्नेलले मर्केलका लागि गोल फर्काउँदा खेल २–२ को बराबरीमा आयो ।

बार्कोलाले खेलको ८८औं मिनेटमा गोल गर्दा पिएसजी ३–२ ले अघि बढ्यो । त्यस्तै, इन्जुरी समयको दोस्रो मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दा पिएसजी ४–२ ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *