नेपाली महिला खो-खो टोली भारतमा जारी प्रथम खो-खो विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी स्टेडियममा शुक्रबार भएको क्वाटरफाइनल खेलमा इरानलाई १०३–८ को फराकिलो अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

नेपाली महिला खो-खो टोलीले इरान र केन्याबीचको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ ।

नेपालको महिला टोली समूह ‘सी’ को विजेताका रूपमा क्‍वाटरफाइनलमा पुगेको थियो । आफ्नो समूहमा अपराजित रहेको नेपालले पहिलो खेलमा भुटानलाई, दोस्रो खेलमा जर्मनीलाई, तेस्रो खेलमा श्रीलंकालाई तथा चौथो खेलमा बंगलादेशलाई हराएको थियो ।

यस्तै खो–खो विश्वकप अन्तर्गत पुरुषतर्फको क्वाटर फाइनलमा नेपालले बङ्गलादेशसँग खेलिरहेको छ । खो–खो विश्वकपको सेमिफाइनल खेल भोलि हुनेछन् भने उपाधि भिडन्त आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *