काठमाडौं । ‘एन्फा महिला लिग २०८१’ को उपाधि जित्न सफल नेपाल एपीएफ क्लबका महिला फुटबल टिम तथा अफिसियललाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेका हुन् ।
महानिरीक्षक अर्यालले नेपाल एपीएफ क्लवमा आवद्ध भई उच्च अनुशासनमा रही उत्कृष्ट खेल प्रदर्शन गरी संगठनको छवी उच्च राख्न खेलेको महत्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरेका हुन् ।
प्रतियोगितामा नेपाल एपीएफ क्लबका सबिता रानामगर सर्वोत्कृष्ट खेलाडी, साबित्री किसन सर्वोत्कृष्ट गोलकिपर र रश्मिकुमारी घिसिङ सर्वाधिक गोलकर्ता हुन सफल भएका थिए ।
यसअघि २०७५ साल, २०७७ साल र २०७९ सालमा समेत नेपाल एपीएफ क्लवका महिला फुटवल टिमले एन्फा महिला लिग फुटबलको उपाधी जित्न सफल भएका थिए ।
