काठमाडौं । च्याम्पियन संकटा फुटबल क्लबका कप्तान तथा गोलकिपर दीप कार्की पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
काठमाडौंको दशरथ रंगशालामा बिहिवार सम्पन्न सभापति कपमा संकटालाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका दीप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
यससँगै दीपले नगद ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वाधिक ३ गोलकर्तामा संकटाका अबेकाह रिचार्ड, एनआरटीका अन्जन बिष्ट र कृतिश रत्न छुन्जु रहे ।
प्रतियोगिता अवधिभर समान २ गोल गरेका तीनै खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलकिपर आयोजक टोलीका कप्तान समेत रहेका विकेश कुथु बने । उनले पनि ५० हजार प्राप्त गरे ।
