विभूषण कोइराला, भक्तपुर
जय ट्रफी आउन अब केबल २ दिन मात्र बाँकि रहेको छ । खेलाडीहरुको धैर्यता र परिक्षा भनिएको यस प्रतियोगितामा हामीले हिजो बागमती प्रदेशको पूर्वावलोकन गर्यौ । आज भने हामी त्यसै अन्तर्गत रहेर नेपाल पुलिस क्लबको पूर्वावलोकन गर्नेछौं ।
प्रधानमन्त्री कपको बिजेता पुलिस, ब्याटिङ र बलिङ दुबैमा अब्बल देखिएको छ । आरिफ शेखको कप्तानी रहेको पुलिसमा करण केसी र ललित राजबंशीको अनुभव देखिने छ । एमसीसीबिरुद्ध दुई दिवसीय क्रिकेट खेलेका, आरिफ, करण र ललितमा पुलिसको खेल भरपर्ने छ ।
राष्ट्रिय टोलिको ओपनर कुशल भुर्तेल र अर्जुन साउदले पुलिसको ओपनिङ कमान्ड समाल्ने छन भने गुल्शन झा र राशिद खानले करणलाई बलबाट साथ दिने छन् ।
नेपाल यु-१९ बाट छुट्टै नाम बनाएका अबिनाश कर्ण र कोशी प्रदेशको पेसर श्रावण यादवले पनि पुलिसबाट खेल्ने छन् । त्यस्तै सागर दकालले ललितलाई स्पिनबाट साथ दिने छन् भने शंकर रानाले मिडल अर्डरमा ब्याटिङ धान्ने छन् । उनलाई अनुभवी दिलिप नाथले साथ दिने छन् ।
अनुभवले भरिएको पुलिसले आफ्नो ओपनर सुनिल धमलालाइ भने सम्झिने छ ओपनर ब्याटर धमला यतिबेला अष्ट्रेलियामा छन् । नेपालबाट खेलिसकेका धमला यो फर्म्याटमा निकै पोख्त छन् । प्रधानमन्त्री कपमा कप्तानी गरेका दीपेन्द्रसिंह ऐरी भने आज दुबई जाँदै छन् । एमसीसीविरुद्ध खेलिसकेका कप्तान ऐरीलाई पुलिसले मिस गर्नेछ । ब्याटिङ बलिङ दुबैबाट योगदान गर्न सक्ने ऐरीको कमी भने हुनेछ ।
गत संंस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको पुलिस, यस प्रतियोगिता जित्ने लक्ष्यमा मैदान उत्रने छ ।
