जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टोली त्रिभुवन आर्मी क्लबको टोली घोषणा भएको छ ।

आर्मीले शुक्रवार बिनोद भण्डारीको कप्तानीमा १५ सदस्यीय अन्तिम टोलीको घोषणा गरिएको हो । नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ ।

आर्मीको पहिलो खेल उद्घाटनकै दिन नेपाल पुलिस क्लबसँग रहेको छ । दोस्रो खेलमा बागमती प्रदेशसँग खेल्ने आर्मीले लिग चरणको अन्तिम खेलमा मधेस प्रदेशको सामना गर्नेछ ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चारमा रहेका टोली(नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेश) को सहभागिता रहने छ ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

जय ट्रफी खेल्ने अर्को टिम बागमती प्रदेश र नेपाल पुलिस क्लबले अन्तिम टोली घोषणा गरिसकेका छन् ।

त्रिभुवन आर्मी क्लबको टोली
विनोद भण्डारी (कप्तान), सोमपाल कामी, कुशल मल्ल, विवेक कुमार यादव, भीम सार्की, बसिर अहमद, सन्तोष कार्की, इमरान शेख, त्रितराज दास, शाहब आलम, नरेन साउद, दुर्गेश गुप्ता, आकाश चन्द, पवन कार्की, सुमित श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *