भारतमा जारी प्रथम खो-खो विश्वकपमा नेपालको पुरुष टोलीले ब्राजिलमाथि फराकिलो जित हात पारेको छ ।

बुधबार भएको तेस्रो खेलमा नेपालले ब्राजिललाई १३४-८ को फराकिलो अन्तरले पराजित गरेको हो । नेपालको यो दोस्रो जित हो । यसअघि पहिलो खेलमा भारतसँग पराजित भएको नेपालले दोस्रो खेलमा पेरूलाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ ।

नेपालको महिला टोलीले आजै श्रीलंकासँग खेल्ने तालिका छ । महिला टोलीले पछिल्ला दुई खेल नै जितेको छ । महिला टोलीले भुटान र जर्मनीलाई पराजित गरेको हो ।

पहिलो खो खो विश्वकपमै नेपालबाट महिला र पुरुष दुवै टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, ब्राजिल र पेरु छन् । महिलातर्फ समूह ‘सी’ मा नेपालसँगै भुटान, जर्मनी, बङ्गलादेश र श्रीलङ्का छन् । 

महिला र पुरुष दुवैमा सहभागी टोलीलाई चार–चार समूहमा विभाजन गरिएको छ । महिला र पुरुष दुवैमा समूह चरणको खेलपछि चारै समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । दुवैतर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *