भारतमा जारी प्रथम खो-खो विश्‍वकपअन्तर्गत शनिबार नेपालका पुरूष र महिला दुवै टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

महिलातर्फको सेमिफाइनलमा नेपालले युगान्डासँग खेल्ने छ भने पुरूषतर्फको सेमिफाइनलमा इरानसँग खेल्ने छ ।

नेपाल र युगान्डाको महिला टोलीबीचको सेमिफाइनल खेल अपरान्ह पौने ५ बजे सुरू हुनेछ । बिजेताले दक्षिण अफ्रिका र भारतबीचको बिजेतासँँग उपाधिका लागि खेल्नेछ ।

त्यसैगरी नेपाल र इरानको पुरूष टोलीबीचको सेमिफाइनल खेल साँझ ६ बजे सुरू हुनेछ । बिजेताले दक्षिण अफ्रिका र भारतबीचको बिजेतासँँग उपाधिका लागि खेल्नेछ ।

महिलातर्फ शुक्रबार भएको क्वाटर फाइनल खेलमा नेपालले इरानमाथि १०३-८ को फराकिलो अन्तरको जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । जारी विश्‍वकपमा नेपाली महिला टोली अपराजित छ ।

त्यसैगरी पुरुषतर्फ शुक्रबार सम्पन्न क्वाटर फाइनल खेलमा बंगलादेशलाई ६७-१८ अंकले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । 

फाइनल खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *