लमजुङमा भएको त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम विभागीय टिम एपीएफ क्लबले जितेको छ ।

बेंसीसहरको त्रिवेणी रंगशालामा शनिबार भएको फाइलनमा बुद्ध युवा क्लब, भोटेओडारलाई टाइब्रेकरमा ४-३ ले हराउँदै एपिएफले उपाधि जितेको हो ।

निर्धारित समयको खेल २-२को बराबरीमा सकिएको थियो । १२औं मिनेटमा बिवाईसीका लागि समीर तामाङ‌ले गोल गरेका थिए भने ३०औं मिनेटमा एपिएफका युवराज खड्‌काले बराबरी गोल गरेका थिए ।

५१औं मिनेटमा हरि कार्कीले गोल गर्दै एपिएफलाई खेलमा २-१को अग्रता दिलाए । तर, इन्जुरी समयको पाँचौं मिनेटमा बिवाईसीका समीरराज ठकुरीले गोल गरेपछि खेल २-२को बराबरीमा सकियो ।

त्यसपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो । सो समयमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा एपिएफले बाजी मा¥यो ।

उपाधिसहित एपिएफले १२ लाख रुपैयाँ प्राप्त गर्दा तीन पटकको च्याम्पियन बिवाईसीले उपाविजेता बन्दै ६ लाख रुपैयाँमा चित्ता बुझायो ।

त्रिवेणी युवा क्लब बेंसीसहरले पुस १२ गतेदेखि आयोजना गरेको ३२औं त्रिवेणी कपमा १६ टिमले सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *