पोखरा । २४औं आहा! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागिय टोली नेपाल पुलिस भिड्ने पक्का भएको छ ।

सहारा क्लब पोखराले बिहिबार सार्वजनिक गरेको खेल तालिका अनुसार माघ २२ गते हुने उद्घाटन खेलमा यि दुई टिम भिड्ने निश्चित भएको हो । केही विदेशी खेलाडीसहित मैदानमा उत्रिने आयोजक सहाराले यस पटक उत्कृष्ट गर्ने अपेक्षा रहेको सहारा क्लब पोखराले जनाएको छ ।

त्यस्तै खेल तालिका अनुसार माघ २३ गते विभागिय क्लव एपिएफ र मछिन्द्र आमने सामने हुनेछन् भने माघ २४ गते एनआरटी क्लब एपिआई पावर चर्च ब्वाइज भिड्ने खेल तालिकामा रहेको छ । खेल तालिका अनुसार माघ २५ गते नेपाली ए डिभिजनको क्लब संकटा र भारत सिक्किमको थन्डर बोल्टका बीच हुनेछ भने २६ गते सोझै वाइ पाएर क्वार्टरफाइनलमा प्रवेश गरेको बिग्रेड ब्वाइज क्लव यूके संग सहारा वा नेपाल पुलिसको बिजेता संग खेल्ने छ ।

त्यसै गरी माघ २७ गते एपिएफ वा मछिन्द्र क्लब मध्येको बिजेता संग थ्रिस्टार क्लबले क्वाटरफाइनलमा खेल्नेछ एनआरटी वा चर्च ब्वाइज संगको बिजेताले नेपाल आर्मी क्लब संग कवार्टरफाइनलमा भेट पक्का गर्ने छ । माघ २९ गते थन्डरबोल्ट र संकटामध्येको बिजेताले क्वाटरफाइनलमा उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबको सामना गर्नेछ ।

आहा रारा गोल्डकप अन्तर्गत माघ ३० र फागुन १ गते सेमीफाइनल र फागुन ३ गते फाइनल खेल सञ्चालन हुनेछ ।

फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन प्रतियोगितामा आयोजक सहारा क्लब पोखरासहित नेपाली ‘ए’ डिभिजनका क्लब विभागिय टोली एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, थ्रि स्टार क्लब, मछिन्द्र क्लब, संकटा यूथ क्लब, चर्च ब्वाइज युनाइटेड क्लब, एनआरटी फुटबल क्लबको सहभागिता हुनेछ ।

त्यसै गरी प्रतियोगितामा तीन विदेशी क्लबले सहभागिता जनाउने छन् । उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीसहित ब्रिगेड ब्वाइज क्लब यूके र थन्डर नर्थ युनाइटेड क्लब सिक्किम, भारतको टिमले २४ औं आहा रारा पोखरा गेल्डकपमा पहिलो पटक सहभागिता हुने छ ।

२४ औं आहा रारा पोखरा गोल्डकप सम्पन्न गर्न करिब १ करोड ५१ लाख आम्दानी हुने र १ करोड ४२ लाख २० हजार खर्च हुने आयोजकले सहारा क्लबले जनाएको छ ।

पोखरा महानगरपालिकाले संरक्षक्त्व रहेको आहा रारा पोखरा गोल्डकपमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजनमा हुँदै आएको छ । त्यस्तै जयश्री फुड्स सह प्रायोजक तथा पोखरा महानगर पालिका वडा नं ९ उपप्रायोजक रहेको छ ।

गत संस्करणको विजेता त्रिभुवन आर्मी र उपविजेता थ्री स्टार हुन् । आहाको विजेताले १२ लाख र ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

क्लबले सञ्चालन गर्ने पोखरा गोल्डकपबाट संकलित रकम सहारा एकेडेमीमा आश्रित विपन्न वर्गका बालकहरुको फुटबल प्रशिक्षण संगै निशुल्क आवाश सुविधा प्रदान गर्दै आएको छ । एकेडेमीमा चौथो व्याचका ३० जना बालकहरु आश्रित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *