सनिस श्रेष्ठले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेपछि मछिन्द्र फुटबल क्लब राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबलाई १-० गोलले निराश बनाउँदै मछिन्द्र अन्तिम चारमा प्रवेश गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समयको दुवै हाफमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा अवस्था देखिएको थियो ।

तर दोश्रो हाफको इन्जुरी समयको आठौं मिनेटमा सनिसले आफ्नो पुर्व क्लब एपीएफविरुद्ध उत्कृष्ट गोल गरेसँगै खेलमा मछिन्द्रको जित पक्का भयो ।

अब मछिन्द्रले सेमिफाइनलमा संकटा फुटबल क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार तेस्रो क्वाटरफाइनलमा आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद २६ लाख पुरस्कार पाउँदा उप विजेता हुनेले १३ लाख पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *