काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा हुने एनएनआईपीए स्पोर्ट्स अवार्डको तयारी पूरा भएको छ ।

१९ औं संस्करण अवार्ड वितरण कार्यक्रम शनिबार काठमाडौंको ताकेश्वर नगरपालिकास्थित मनमैजु मन्दिर हातामा हुने खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।

विभिन्न विधामा ३६ जनालाई अवार्ड प्रदान गरिने छ । चीनको हाङ‌झावमा भएको १९ औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको २९ खेलबाट त्यत्तिनै संख्यामै खेलाडीलाई पुरस्कृत गरिने छ । सम्बन्धित खेल संघको सिफारिसमा सम्मानित हुने खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

यिनै २९ खेलाडीबाट समान १-१ पुरुष-महिला खेलाडीलाई सर्वोत्कृष्ट खेलाडीको अवार्डसहित समान १-१ लाख नगदबाट सम्मान गरिने छ । समान १-१ पुरुष-महिला खेलाडीलाई प्रतिभाशाली खेलाडी सम्मानसहित जनही ५० हजार नगद प्रदान गरिने छ ।

पाका खेल व्यक्तित्वलाई गजराज आदर्श खेल व्यक्तित्व र एनएनआईपीए खेल पत्रकारिता पुरस्कार स्वरुप १-१ जनालाई जनही ३५ हजार नगदबाट सम्मान गरिने छ। एक वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानवापत १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । अवार्डका लागि तार्केश्वर नगरपालिका र खेलाडी संघबीच सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *