बेलबारी । मोरङको बेलबारीमा मंगलबारबाट प्रदेश स्तरीय यु-१५ पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ ।
बेलबारी-३ स्थित प्रस्तावित बेलबारी रङ्गशालामा भएको उद्घाटन खेल आयोजक टिम ‘ए’ बेलबारी फुटबल क्लबले लेटाङ फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
योना लिम्बुले खेलको ८औं मिनेटमा गोल गर्दै बेलबारीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, लेटाङका सुनिल राईले पहिलो हाफको १३औं मिनेटमा गोल गरेर खेल बराबरी बनाएका थिए । त्यसपछि, दोस्रो हाफमा विशाल बुढाथोकीले गोल गर्दै आयोजकलाई २-१ को जित दिलाए ।
खेलको म्यान अफ द म्याच बेलबारीका विशाल बुढाथोकी घोषित भए । उनले एक जोड फुटबल जुत्ता प्राप्त गरे ।
खेलको औपचारिक उद्घाटन बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाद्वारा भएको हो । उद्घाटन समारोह क्लबका अध्यक्ष रसिन लामाको अध्यक्षतामा सम्पन्न भएको छ । आयोजकका अनुसार खेल पुष २७ गते सम्म हुने छ ।
बेलबारी फुटबल क्लबको आयोजना भएको प्रतियोगिताको विजेताले नगद ५१,१११ शहित शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेताले २५,५५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक रसीन लामाले बताउनु भयो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षकले ग्लोब्स, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डर दुबैले बुट तथा उदीयमान खेलाडी र सर्वोत्कृष्ट खेलाडी समान एक-एक थान साइकल पुरस्कार प्राप्त गर्नेछन् ।
