बीबीसी भेट्रानले दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

जावलाखेल मैदानमा मंगलबार भएको फाइनलमा आयोजक कुसुन्ती ‘बी’ लाई २-० गोलले पराजित गर्दै बीबीसीले उपाधि जितेको हो ।

दुवै गोल पहिलो हाफको सुरुआती समयमा भएको थियो । बीबीसीका लागि दीपक लामाले पहिलो तथा आकाश छन्त्यालले दोश्रो गोल गरे ।

उपाधिसंगै बीबीसीले २ लाख नगद पुरस्कार पायो भने कुसुन्ती ‘बी’ ले १ लाख नगदमा चित्त बुझायो । कुसुन्ती ‘बी’ का सविनबाग श्रेष्ठ उत्कृष्ट खेलाडी, कुसुन्ती ‘बी’ कै प्रदीप तण्डुकार उत्कृष्ट गोलरक्षक र बीबीसीका दीपक लामा उत्कृष्ट डिफेन्डर घोषित भए ।

तीनैले जनही ५ हजार नगदसहित गिफ्ट भौचर प्राप्त गरे । विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अर्को आयोजक ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसी, आयोजक कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

पुस २२ गतेदेखि सुरु प्रतियोगितामा ३० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । पहिलो संस्करणको उपाधि कुपण्डोल ४० प्लस भेट्रानले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *