पाराग्वेका युवा खेलाडी डिएगो लियोनलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले अनुबन्ध गरेको छ ।
युनाइटेडलले १७ बर्षिय लेफ्ट-ब्याक लियोनलाई सेरो पोर्टेञोबाट ४ मिलियन पाउन्डमा भित्र्याएको हो । प्रदर्शनमा आधारित बोनसहरूले यो रकम ८ मिलियन पाउन्डसम्म पुग्न सक्छ ।
सम्झौता सम्पन्न भएपछि उनी १८ वर्ष पूरा नभएसम्म पाराग्वेको सेरो पोर्टेन्हो क्लबमा नै रहनुपर्नेछ । उनी २०२५ जुलाई १ मा औपचारिक रूपमा म्यानचेस्टर युनाइटेडमा सामेल हुनेछन्, जुन समयमा उनी अन्तर्राष्ट्रिय ट्रान्सफरका लागि योग्य हुनेछन् ।
लियोनले २०२४ अगस्टमा सेरो पोर्टेञोका लागि आफ्नो डेब्यु गरेका थिए । उनले आफ्नो पहिलो खेलमै स्पोर्टिभो अमेलियानोविरुद्ध गोल गरेका थिए । त्यसयता, उनले १९ खेलमा उपस्थिति जनाउँदै २ गोल गरेका छन् । आफ्नो उत्कृष्ट डिफेन्सिभ क्षमतासँगै आक्रमणमा प्रभावकारी योगदान दिँदै उनले विश्वभरका क्लबहरूको ध्यान खिचेका छन् ।
