एन्फा महिला लिगको अन्तिम चरणमा आज वालिङ नगरपालिकाले विभागीय टोली नेपाल पुलिसको सामना गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।

पुलिस अंक तालिकाको तेस्रो स्थानमा छ । पुलिसको चार खेलबाट समान सात अंक छ । दोस्रो स्थानमा आफ्नो बलियो पकड बनाउन पुलिसले वालिङको पोस्टमा बढीभन्दा बढी गोल गर्न आवश्यक छ ।

अन्तिम चरणको पहिलो लेगमा पुलिसले वालिङलाई ५-० गोलले पराजित गरेको थियो ।

अन्तिक चरण्मा वालिङ अंकविहीन रहेको छ । मंगलबार वालिङविरुद्ध पुलिस जितको प्रबल दाबेदार हो । पुलिसलाई कम्तिमा पनि बराबरीमा रोक्न सके वालिङले केही राहत महसुस गर्नेछ । यसले वालिङको प्लेअफ पुग्ने सम्भावनालाई जिवितै राख्नेछ ।

विभागीय टोली आर्मी, एपिएफ फुटबल क्लब र नेपाल पुलिस बाहेकका दुई टिम बागमती र वालिङ नगरपालिका तुलनात्मक रुपमा कमजोर देखिएका छन् । प्ले अफमा चार टिमले स्थान बनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *