जय ट्रफी पुरुष एलिट कपको पहिलो दिन आज दुई खेल हुँदैछन् ।

नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा जय ट्रफी पुस २१ देखि २९ गते सम्म मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुँदैछ ।

पहिलो दिन जनकपुरमा मधेस प्रदेश र बाग्मती प्रदेशका बिचमा भिड्न्त हुनेछ । यसैगरी वीरगञ्जमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबको खेल पनि आजै हुनेछ । दुवै खेल एउटै समय विहान ९ बजेदेखि सुरु हुनेछ ।

गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश तथा मधेश प्रदेशको सहभागिता रहेको छ ।

सिंगल राउण्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछ भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *