युएई र पाकिस्तानमा अर्को महिना आयोजना हुने च्याम्पियन्स ट्रफीका लागि भारतीय क्रिकेट टोलीको घोषणा भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले शनिवार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी शुभमन गिललाई दिइएको छ ।
भारतले फेब्रुअरी ६, ९ र १२ मा इंग्ल्यान्डविरुद्ध ओडिआई सिरिज खेल्दैछ । भारत च्याम्पियन्स ट्रफीको समूह ‘ए’ मा रहेको छ । भारतले फेब्रुअरी २० मा बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
दोस्रो खेलमा भारतले फेब्रुअरी २३ मा पाकिस्तानसँग र तेस्रो खेलमा मार्च २ मा न्युजिल्यान्डसँग खेल्नेछ । भारतले प्रतियोगिताका आफ्ना सबै खेल दुबईमा खेल्नेछ ।
भारतीय टोली:
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शामी, अर्शदीप सिंह, यशस्वी जैसवाल, ऋषभ पन्त र रवीन्द्र जडेजा ।
