काठमाडौं । आयोजक कुसुन्ती ‘बी’ र बीबीसी भेट्रान दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

जावलाखेल मैदानमा भएको पहिलो सेमिफाइनलमा कुसुन्ती ‘बी’ ले थर्ड आई भेट्रानलाई ४–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि कृष्णबहादुर राई, बुद्ध लामा, सुवास कार्की र सविन श्रेष्ठले समान १-१ गोल गरे।

थर्ड आईका किरण केसीले सान्त्वना गोल गरे । अर्को सेमिफाइनलमा बीबीसीले जोरपाटी एफसीलाई १-० गोलले हरायो । बीबीसीका नवीन न्यौपानेले निर्णायक गोल गरे । फाइनल सोमबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *