ललितपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी एन्फा यु-१६ युथ लिगमा संकटा फुटबल क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार भएको खेलमा संकटा र फ्रेन्ड्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

यो नतिजासँगै दुवै टोलीले समान तीन खेलबाट चार अंक जोडेका छन् ।

यसअघि फ्रेन्ड्सले सातदोबाटोलाई पराजित गर्दा चर्च ब्वाइज युनाइटेडसँग हार बेहोरेको थियो । संकटाले पनि चर्च ब्वोइजसँग हार बेहोर्दा एफसी खुमलटारलाई पराजित गरेको थियो ।

बिहीबारै भएको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले एफसी खुमलटारमाथि २-० को जित निकाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *