जारी एन्फा यु-१६ युथ लिगमा बुधबार दुई बिभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब बिजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले एफसी खुमलटारविरुद्ध ६-० को शानदार जित हासिल गर्यो ।

पुलिसको जितमा समीर राई र किरणराज गिरीले समान दुई तथा रिजनराज गौतम र सुरज गुरुङले एक एक गोल गरे ।

जितसँगै पुलिसले चार खेलबाट १० अंक जोडेको छ । यता लगातार चौथो खेलमा पराजित खुमलटार अंकविहिन रहेको छ ।

यस्तै लिगअन्तर्गत बुधबार सम्पन्न दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले फ्रेन्ड्स क्लबमाथि ३-२ को रोमाञ्चक जित निकाल्यो ।

एपीएफलाई जित दिलाउन अविनाश वाइबाले दुई र उत्सव थापाले एक गोल गरे । फ्रेन्ड्सका लागि अफ्रोज अली र क्रिश कटुवालले एक-एक गोल फर्काएपनि टोलीको हारलाई टार्न सकेनन् ।

जितसँगै एपीएफले पाँच खेलबाट ११ अंक जोडेको छ । यता पराजित फ्रेन्ड्सको समान खेलमा ७ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *