एन्फा यु १६ युथ लिगमा आइतबार थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब बिजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा थ्री स्टारले पुलिस तथा फ्रेन्ड्सले आर्मीलाई पराजित गरेको हो ।
दिनको पहिलो खेलमा थ्री स्टारले बिभागीय टोली नेपाल पुलिस क्लबलाई २-० गोलले हरायो । थ्री स्टारको जितमा दुवै गोल सिर्जन श्रेष्ठले गरे ।
जारी लिगमा पुलिसको यो पहिलो हार हो । जितसँँगै थ्री स्टारले पाँच खेलबाट १३ अंक जोडेको छ । पहिलो हार बेहोरेको पुलिसको समान खेलबाट १० अंक छ ।

त्यसैगरी दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लबले अर्को बिभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४-० गोलले हरायो ।
फ्रेन्ड्सको जितमा रोशन बुर्जामगर, क्रिस कटुवाल, अरुण अधिकारी र एकराज सुनारले समान एक गोल गरे ।
जितसँगै फ्रेन्ड्सले ६ खेलमा १० अंक जोडेको छ । ६ वटै खेलमा पराजित आर्मी अंकविहिन छ ।
