पोखरा । सहारा क्लबको आयोजनामा अर्को महिना हुने २४औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागि हुने भएका छ ।
जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ ।
यस पटक साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब सहित सात ‘ए’ डिभिजन टोली छन् । जसमा लिग विजेता चर्च ब्वाइज युनाइटेड, थ्रीस्टार क्लब, मच्छिन्द्र एफसी, नेपाल पुलिस क्लब, संकटा क्लब, एनआरटी छन् ।
त्यस्तै एपिएफ फुटबल क्लब, ब्रिगेड ब्वाइज फुटबल क्लब युके र आयोजना सहारा छन् । अन्य २ विदेशी टोलीसँग सहभागिताका बारेमा छलफल भइरहेको सहाराले जनाएको छ ।
