विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको हिसान मोरङ स्पोर्ट्स मिट अन्तर्गत सोमबार विभिन्न स्पर्धाका सेमिफाइनल खेलहरू सम्पन्न भएका छन् । छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा कान्तिपुर – कलेजले ग्यालेक्सी कलेजलाई पेनाल्टी सुटआउटमा ३-० को गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ कलेजलाई ३-१ को गोल अन्तरले पराजित गरेको छ । छात्रा फुटबलमा रेड स्टार कलेजले शिक्षादिप कलेजलाई ४-० को गोल अन्तरले पराजित गरेको छ ।

सोमबार नै वैजनाथपुर क्रिकेट मैदानमा भएको क्रिकेटमा वीकेभीएम र अरनिको कलेज विजयी भई सेमिफाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा वीकेभीएम कलेजले नमुना विद्या मन्दिरलाई ८ विकेट पराजित गरि सेमिफानलमा प्रवेश गरेको छ । ३२ रनको झिनो चुनौती पाएको वीकेभीएमले ३ दशमलव १ बलमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो ।

दोस्रो खेलमा मेरिल्याण्ड कलेजलाई साविक उपविजेता अरनिको कलेजले ९ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको मेरिल्याण्डले निर्धारित २० ओभरको खेलमा १३ दशमलव ३ बलमा सबै विकेट गुमाई २८ रनमा सीमित भयो । जवाफमा २९ रनको चुनौती पाएको अरनिकोले ४ दशमलव ५ बलमा १ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।

सोमबार भएको बास्केटबलको सेमिफाइन खेलमा शिक्षादीप कलेजले अरनिको कलेजलाई २४-२१ को अन्तरले पराजित गरेको छ ।

कवड्डीको फाइनल खेलमा २ वर्षपछि हिसान खेलमा सहभागी ग्रिनल्याण्ड कलेजले कान्तिपुर कलेजलाई ३६-२६ को स्कोरले पराजित गर्दै उपाधि जितेको हो ।

त्यस्तै शिक्षादीप कलेजले तेस्रो स्थान हात पारेको छ । भलिबलको छात्रर्फ पहिलो खेलमा रेड स्टार कलेजले अर्किड कलेजलाई २-० को सेटले पराजित गरि फाइनलमा प्रवेश गरेको छ । छात्रातर्फ रेडस्टार कलेजले शिक्षदीप कलेजलाई २-० को सोझो सेटले पराजित गरी फाइनलमा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *