विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तर्गत बुधबार राती भएको फुटबल प्रतियोगिताको उपाधि विराटनगरको कान्तिपुर कलेज र पथरीको रेड स्टार कलेजले जितेको छ ।

विराटनगरस्थित शहिदमैदानमा भएको रात्रीकालिन छात्र फुटबलको फाइनल खेलमा कान्तिपुर कलेजले पथरीको रेड स्टार कलेजलाई १-० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो ।

कान्तिपुरको जितमा मध्यान्तर पछिको १४ औं मिनेटमा गौतम चौधरीले निर्णायक गोल गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कान्तिपुरका शिवनारायण चौधरी घोषित भए । हाई स्कोरर कान्तिपुरका गौतम चौधरी, उत्कृष्ट गोलकिपर कान्तिपुरका जिवन चौधरी, उत्कृष्ट डिफेन्स कान्तिपुरका आदित्य राना मगर, उत्कृष्ट मिफिल्डर रेड स्टारका सौगात राई भए भने उत्कृष्ट प्रशिक्षक कान्तिपुरका कोमल खवास भए ।

यस अघि भएको छात्रा फुटबलमा साविक विजेता विराटनगरको अर्किड कलेजलाई पराजित गर्दै पथरीको रेड स्टारले पहिलो पटक छात्रा फुटबलको उपाधि जितेको छ ।

रेडस्टारले अर्किडलाई ३-० को गोल अन्तरले पराजित गरि उपाधि जितेको हो । रेड स्टारको जितमा स्मृती राई, सलिजा राई र आशिका लिम्बुले १-१ गोर गरिन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रेड स्टारकी स्मृती राई भइन भने हाइ स्कोरर अर्किडकी समिक्षा आचार्य, उत्कृष्ट मिडफिल्डर रेड स्टारकी सलिजा राई र उत्कृष्ट गोलकिपर रेड स्टारकी विद्या लिम्बु घोषित भइन् ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल हिसान कोशी प्रदेशका अध्यक्ष ज्ञानबहादुर खडका, सचिव दिपेश बास्तोला र हिसान मोरङका अध्यष अमित ढकाललगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *