एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राती भएको खेलमा ओसासुनालाई १–० गोल अन्तरले पराजित गर्दै एट्लेटिको मड्रिड शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा एट्लेटिको मड्रिडलाई जित दिलाउन जुलियन एल्भारेजले दोस्रो हाफमा एक मात्र गोल गरे । उनले खेलको ५५औं मिनेटमा क्लेमेंट लेन्ग्लेटको हेडर पासमा गोल गरेका थिए ।
यो जितसँगै एथ्लेटिको मड्रिड रियल मड्रिडलाई उछिन्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । १९ खेलबाट एथ्लेटिको मड्रिडले ४४ अंक बनाएको छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको भने १९ खेलबाट ४३ अंक छ । पराजित ओसासुना २५ अंकका साथ ११औं स्थानमा रहेको छ ।
ला लिगाकै अर्को खेलमा गेटाफोले लस पालमसलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।
