पेरिस सेन्ट जर्मन (पिएसी) ले युइएफए च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटीविरुद्ध पुनरागमन जित निकालेको छ । बुधबार राती भएको खेलमा पिएसजीले सिटीलाई ४-२ ले पराजित गरेको हो ।
पिएसजिको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउ ओस्माने डेम्बेले, ब्राडली बार्कोला, जाआओ नेभेस र गोन्कालो रोमोसले गोल गरे । सिटीका लागि ज्याक ग्रेलिस र एर्लिन हालान्डले गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने पराजित टोली सिटीले लिएको थियो । सिटीका लागि ग्रेलिसले खेलको ५०औं मिनेटमा गोल गरेका थिए । त्यसको ३ मिनेटपछि नै हालान्डले सिटीको अग्रता दोब्बर बनाएका थिए ।
डेम्बेलेले खेलको ५६औं मिनेटमा पिएसजीका लागि पहिलो गोल गरे । त्यसको ४ मिनेटपछि नै बार्कोलाको गोलमा पिएसजी २-२ को बराबरीमा आयो । नेभेसले ७८औं मिनेटमा गोल गरेपछि पिएसजीले ३-२ को अग्रता लियो । दोस्रो हाफको इन्ज्युरी समयमा रामोसले गोल गर्दै पिएसजीको जित पक्का गरे ।
जितसँगै ८ खेलबाट १० अंक जोडेको पिएसजी २२औं स्थानमा छ । पराजित सिटी समान खेलबाट ८ अंकका सात २५औं स्थानमा छ ।
