स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरलाई दुई खेलेको प्रतिबन्ध लागेको छ ।

शुक्रबार राति भएको भ्यालेन्सियाविरुद्धको खेलमा पाएको रेडकार्डका लागि ला लिगाले भिनिसियसलाई सो प्रतिबन्ध लगाएको हो ।

खेलमा रियल १-० ले पछि परेको अवस्थमा भिनिसियसले ७९औं मिनेटमा रातो कार्ड पाएका थिए । खेलका क्रममा भ्यालेन्सियाका गोलरकक्षक स्टोल दिभित्रेस्कीले भिनिसियस लडेको अवस्था पछाडिबाट धकेलेका थिए ।

त्यसपछि रिसाएका भिनिसियसले उनको घाँटीमा दुवै हातले टच गरेका थिए । रेफ्रिले भारमार्फत भिनिसियसलाई रातो कार्ड देखाएका थिए । १० खेलाडीमा रहेको रियललले भ्यालेन्सियामाथि २- १ ले पुनरागमन जित निकालेको थियो ।

प्रतिबन्धसँगै ला लिगाले भिनिसियस र रियल दुवैलाई जरिवाना पनि तिराएको छ । ला लिगाले भिनिसियसलाई ६ सय युरो र रियललाई ७ सय युरो जरिवाना तोकेको छ । यो कारबाहीसँगै भिनिसियसले लास पाल्मास र रियल भालाडोलिडविरुद्धको लिग खेल गुमाउने छन् ।

दुई खेलको प्रतिबन्ध लागेपनि भिनिसियसले आजबाट साउदी अरेबियामा सुरु हुने स्पेनिस सुपर कप भने खेल्न पाउने भएका छन् । प्रतिबन्ध ला लिगामा मात्र लागू हुने जनाउँदै ला लिगाले भिनिसियसलाई सुपर कप खेल्न अनुमति दिएको हो ।

सुपरकपको सेमिफाइनलमा रियलले भोलि राती रियल मालोर्कासँग खेल्दैछ । आजै हुने पहिलो सेमिफाइनलमा बार्सािलेना र एट्लेटिको बिल्बाओ भिड्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *