जर्मन बुडेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले होफेनहेममाथि फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा बायर्नले होफेनहेमलाई ५–० गोलले हरायो । पीएसजीको एकपक्षिय जितमा लेरोय सानेले दुई गोल गर्दा राफायल गुइरैरो, ह्यारी केन र सर्जे गिनाब्रीले समान एक–एक गोल गरे ।

पीएसजीले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको छैटौं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि १२औं मिनेटमा गुइरैरोले गोल गर्दा पिएसजीको अग्रता दोब्बर भयो ।

त्यसपछि खेलको २६औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै बायर्नलाई ३-० को अग्रता दिलाए । सानेले खेलको ४८औं र गिनाब्रीले ६६औं मिनेटमा गोल गर्दै पीएसजीलाई सानदार जित दिलाए ।

फराकिलो जितसँगै बायर्नले १७ खेलबाट ४२ अंक जोडेको छ । बायर्नले दोस्रो स्थानको लेभरकुसेनलाई ४ अंकले पछि पारेको छ । पराजित होफेनहेम १४ अंकसहित तालिकाको १६ औं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *