भारतविरुद्धको पहिलो टी-२० आईमा इङ्ग्ल्याण्डले १ सय ३३ रनको सामान्य लक्ष्य दिएको हो ।
कोलकातास्थित इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले निर्धारित २० ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ३२ रनको सामान्य योगफल तयार गरेको छ।
इङ्ग्ल्याण्डका लागि कप्तान जस बटलरले सर्वाधिक ६८ रन जोडे । उनले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे ।
ह्यारी ब्रुकले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा १७ तथा जोफ्रा आर्चर १२ रनमा आउट भए । इङ्ग्ल्याण्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
भारतका लागि वरुण चक्रवर्तीले ३, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदिप सिंहले समान २ तथा हार्दिक पाण्ड्याले १ विकेट लिए ।
इङ्ग्ल्याण्ड ५ टी-२० आई तथा ३ ओडिआई खेलका लागि भारत भ्रमणमा गएको हो ।
