नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि शुरु भएको जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताअन्तर्गत मधेस प्रदेश र बागमती प्रदेशको पनि पहिलो दिनको खेल सकिएको छ ।
जनकपुरमा टस जितेर ब्याटिङ रोजेको मधेसले पहिलो इनिङ्समा ३५.३ ओभरमा अल आउट हुँदै १०२ रन बनाएको थियो ।
मधेशका लागि ओपनर मयन यादवले सर्वाधिक २१ रन बनाउँदा विशाल पटेल १६, निरज यादव १२, अभिषेक तिवारी ११ तथा हिमाशुं दत्तले १० रन जोडे ।
बागमतीका लागि कप्तान सन्दीपले १४ ओभरमा ४१ रन खर्चिएर पाँच विकेट लिए । सुर्य तामाङले ३ विकेट तथा नन्दन यादव र प्रतिश जिसीले १-१ विकेट लिए ।
त्यस्तै आजै आफ्नो पहिलो इनिङ शुरु गरेको बागमतीले पहिलो दिनको समाप्तिमा १३ ओभर खेलेर २ विकेटको क्षतिमा ३४ रन जोडेको छ ।
बागमतीका शुभ कसांकार २२ तथा इशान पाण्डे ९ रन बनाएर खेलिरहेका छन् । बागमतीका आशुतोष घिरैया शुन्य रनमा आउट भए भने रित गौतमले ३ रन मात्र बनाए ।
मधेशका लागि रुपेश सिंह र विशाल पटेलले समान एक-एक विकेट लिए ।
पहिलो दिनको खेल सकिदा मधेसले ६८ रनले अग्रता लिएको छ भने बागमती २ किकेट गुमाएर ३४ रन बनाएको अवस्था छ ।
सोमबार दोस्रो दिनको खेल विहानदेखि सुरू हुनेछ ।
