अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आज मंगलबारदेखि च्याम्पियन्स ट्रफीको पहिलो चरणको टीकट बिक्रि गर्ने शुरु गरेको छ। च्याम्पियन्स ट्रफीको २०२५ को संस्करण आउदो महिनादेखि पाकिस्तानमा शुरु हुदैछ ।

च्याम्पियन्स ट्रफी २०२५ को संस्करण १९ फेब्रुअरीदेखि पाकिस्तान र दुबईमा हुदैछ । पाकिस्तानमा च्याम्पियन्स ट्रफीका खेलहरु कराची, लाहोर र रावलपीन्डी शहरमा आयोजना हुनेछन् ।

आईसीसीले पहिलो चरणको टीकटको मूल्य न्यूनतम १ हजार पाकिस्तानी रुपैया राखेको छ । त्यस्तै प्रिमियर सिटिङको न्यूनतम मूल्य १५०० पाकिस्तानी राखेको छ । त्यस्तै ९ मार्चमा आयोजना हुने फाइनलको टीकट दुबईमा आयोजना हुने पहिलो सेमिफाइनलपछि खुला गरिने भएको छ ।

सन् १९९६ पछि पाकिस्तान पहिलो पटक आईसीसीद्वारा मान्यता प्राप्त विश्वस्तरीय अन्तर्राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आयोजना गर्दैछ । साथै पाकिस्तानले च्याम्पियन्स ट्रफीको लागि आफ्नो तीनवटै रङ्गशाला तयारी अवस्थामा रहेको जानकारी समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *