काराबाओ कप फुटबलको सेमिफाइनल अन्तर्गत गएराति भएको पहिलो लेगको खेलमा आर्सनल पराजित भएको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनल न्यूक्यासल युनाइटेडलसँँग २-० ले पराजित भएको हो । न्यूक्यासलको जितमा एलेक्जेन्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे ।

खेलको ३७औं मिनटमा इसाकको गोलमार्फत न्युकासलले सुरुवाती अग्रता लिएको थियो । त्यसैगरि खेलको ५१औं मिनेटमा गोर्डनले न्युकासललाई २-० को अग्रता दिलाएका थिए ।

त्यसपछि खेलमा थप गोल हुन नसक्दा न्युकासलले आर्सनलमाथि सहज जित निकालेको हो । योसँगै न्युक्यासल सन् १९५५ पछि पहिलो ठूला घरेलु उपाधि जित्ने लक्ष्यमा एक कदम नजिक पुगेको छ।

अब आर्सनल र न्यूक्यासलबीचको दोस्रो लेग फेब्रुअरी ५ मा न्यूक्यासलको मैदानमा हुनेछ ।

यस्तै, बुधबार राती हुने अर्को सेमिफाइनलको पहिलो लेगमा टोटनह्याम र लिभरपुल भिड्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *