काठमाडौं । काठमाडौं किकर्स फुटबल एकेडेमीले अखिल नेपाल फुटबल संघ (एन्फा) यू-१६ लिग खेल्ने भएको छ ।
पछिल्लो लामो समयदेखि नेपाली फुटबलको विकासमा जोड दिदै विदेशी प्रशिक्षकसहित फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको किकर्सले खुमलटार युवा क्लबमार्फत यू- १६ लिग खेल्न लागेको हो ।
यसका लागि किकर्सले खुमलटारसँग सँझौतासमेत गरिसकेको छ । एन्फामा दर्ता रहेका क्लबहरुले मात्रै लिग खेल्न पाउने नियम भएका कारण किकर्सले उक्त प्रतियोगितामा सहभागीता जनाउन खुमलटारसँग सम्झौता गरेको हो ।
सम्झौताअनुसार किकर्सले सोमबार आफ्नो पहिलो खेलको रुपमा संकटाको यू-१६ टोलीसँग खेल्ने छ । किकर्सले यसअघि देश तथा विदेशमा समेत भएका विभिन्न उमेर समहको प्रतियोगितामा सहभागतिा जनाउँदै आइरहेको छ ।
