नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेखले पनि विवाह गरेका छन् ।

राष्ट्रिय क्रिकेट टिमका अर्का सदस्य आरिफ शेख विवाह बन्धनमा बाँधिएको भोलिपल्ट (शुक्रबार) उनका भाइ आसिफले पनि लगनगाँठो कसेका हुन् । २३ वर्षीय आसिफले पर्साको वीरगन्जकी आरजु अन्सारीसँग विवाह गरेका हुन् ।

यसअघि बिहीबार आसिफका दाइ २७ वर्षीय आरिफ सवाना खातुनसँग वैवाहिक जीवनमा बाँधिएका थिए ।

वीरगन्ज महानगरपालिका- १२ का दाजुभाइ आरिफ र आसिफ दुवैले मागी विवाह गरेका हुन् । आरिफ नेपाली राष्ट्रिय टिमका अलराउन्डर हुन् भने आसिफ विकेटकिपर तथा ओपनर ब्याटर हुन् ।

आसिफ मार्की प्लेयर रहेको जनकपुर बोल्ट्सले ६ पुसमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको थियो । उपाधि जित्दा आसिफले टिमको कप्तानीसमेत सम्हालेका थिए । दाइ आरिफ सम्मिलित सुदूरपश्चिम रोयल्स भने जनकपुर बोल्ट्ससँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *